जुम्लामा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना
जुम्ला । कर्णाली प्रदेशअन्तर्गत जिल्लाको सदरमुकाम खलङ्गामा लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ । कार्यालयको उद्घानटन कार्यक्रममा सांसद गजेन्द्रबहादुर महतले जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको बताए । “जनताले सङ्घीयताको प्रत्याभूति घरआँगनमै गर्न सकुन् भनेर जिल्लामा कार्यालय स्थापना गरिएको हो”, सांसद महतले भने ।
गत आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भइसकेपछि पनि निकासा तथा भुक्तानीमा समस्या परेकाले चालु आर्थिक वर्षमा यस्ता खालका समस्या न्यूनीकरण गर्न प्रदेश सरकारले पहल गर्ने जानकारी उनले दिए । सरकारले कर्णाली प्रदेशका सबै जिल्लामा सबै मन्त्रालय मातहतका कार्यालय स्थापना गरेर सरकारी सेवा प्रभावकारी ढङ्गले अगाडि बढाइने सांसद महतले जानकारी दिए ।
जुम्लामा कर्णाली प्रदेश मातहतका १२ कार्यालयबाट सम्पादन गरिने क्रियाकलापको लेखा नियन्त्रण गर्ने गरी कार्यालय स्थापना गरिएको कार्यालयका लेखा सहायक विश्वराज खत्रीले बताए । यसअघि जिल्लामा कार्यालय नहुँदा प्रदेशबाट सञ्चालित क्रियाकलापका लागि प्रदेश राजधानी सुर्खेत जानुपर्ने बाध्यता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण