भक्तपुर नगरपालिकाको निर्णयः भदौ ३१ गते सम्मका लागि सार्वजनिक यातायात बन्द
भक्तपुर । कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको भन्दै भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दुरीका यातायातहरू ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट १६ जना भन्दा बढी सिटका गाडीलाई जोर—बिजोर प्रणाली लागू गरी संचालन गर्ने भनी निर्णय गरेका थिए ।
नगर प्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाउन व्यवसायीलाई आग्रह गरेको छ । व्यवसायीहरुले मास्क, पञ्जा लगाइ शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्नु पर्ने नगर प्रमुख प्रजापतिको भनाई छ ।
कोरोनाभाइरस (कोभिड १९) रोग काठमाडौँ उपत्यका लगायत विभिन्न सहरहरूमा दैनिक सयौँको सङ्ख्यामा संक्रमितहरू बढिरहेको नगरबासीलाई सचेत हुन आग्रह गरिएको छ ।
भक्तपुर नगर क्षेत्रमा २ सय १३ जनाभन्दा बढी संक्रमित भइसकेको नगरपालिकाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण