आज नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।
गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो ।
महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ ।
अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त साझा प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ ।
अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने जानकारी महासचिव पौडेलले दिए ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्ने लगायत विषयमा साझा प्रस्ताव तयार पारेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण