सुदूरपश्चिममा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ४३ पुग्यो
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको छ ।
बिहीबार प्रदेशका बिभिन्न अस्पतालबाट थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको हो ।
कैलालीका ६७, कंचनपुरका २ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।
सक्रिय संक्रमितमा अछाम ४०,बैतडी ५६, बझाङ्ग ७३, बाजुरा ९, डडेल्धुरा ५, दार्चुला ७, डोटी ४९, कैलाली ४७१, कंचनपुर ३३ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
योसंगै यस प्रदेशमा निको हुने संक्रमितको संख्या पनि ५ हजार ४६१ पुगेको छ । सेती प्रादेशिक अस्पताल बाट ३, टिकापुर बाट ३, कंचनपुर बाट ८,डडेल्धुरा बाट ९ र बिभिन्न मितीमा ४५ डिस्चार्ज भई सकेपछि निको हुनेको संख्या ५ हजार ४६१ पुगेको उनले बताए ।
त्यसैगरी विभिन्न अस्पतालहरुमा ५८ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १८,टिकापुर १०, महाकाली १४, अछाम १०, डोटी २, डडेल्धुरा ३ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन् ।
प्रदेशका ९ वटै जिल्लामा ९९ आइृसोलेसन सेन्टरमा २ हजार ५७२ बेडहरु छन । सो बेडमा १ सय ७६पुरुष र ८४म्हिला र होम आईसोलेसनमा १ सय ८३ जना रहेको स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीको भनाई छ । यसअघि नै ११ जना संक्रमितको भने मृत्यु भइसकेको उनले बताए ।
६९ हजार ९७८ नमुना जाँच गरिएको मध्ये ६ हजार २१५जनामा संक्रमण फेला परेको छ भने भने ६३ हजार ७६३ नमुनामा भने नेगेटिभ आएको छ । अझै १ हजार ५०० नमुनाको रिजल्ट आउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण