औषधि नहुँदा उपचारमै सकस
शुक्रबार, २६ भदौ २०७७, ११ : १६

जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थादेखि मुख्य स्वास्थ्य संस्थामा समेत औषधि नहुँदा उपचारमा समस्या भएको छ ।
वडाहरूमा रहेका स्वास्थ्य संस्था बसेका भाडाका घरहरूमा सम्झौता नभएका कारण काम गर्न मुस्किल भएको स्वास्थ्य शाखाका प्रमुख प्रेम शाहीले जानकारी दिए ।
औषधि नहुँदा दैनिक उपचारका लागि आउने बिरामी समस्यामा परेको शाहीले जानकारी दिए । गर्खाकोट स्वास्थ्य चौकीमा समेत औषधि नहुँदा हैरान भएको बताइएको छ ।
दैनिक स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामी खाली हात फर्कने गरेको गर्खाकोटका गोपाल गिरीले जानकारी दिए । नयाँ बजेटको अख्तियारी प्राप्त नभएकाले औषधि खरिद गर्न नसकिएको प्रमुख शाहीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै
-
मुक्तिनाथधाममा पदमार्ग निर्माण
-
उत्खननको पर्खाइमा तामाखानी
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता