औषधि नहुँदा उपचारमै सकस
शुक्रबार, २६ भदौ २०७७, ११ : १६
जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थादेखि मुख्य स्वास्थ्य संस्थामा समेत औषधि नहुँदा उपचारमा समस्या भएको छ ।
वडाहरूमा रहेका स्वास्थ्य संस्था बसेका भाडाका घरहरूमा सम्झौता नभएका कारण काम गर्न मुस्किल भएको स्वास्थ्य शाखाका प्रमुख प्रेम शाहीले जानकारी दिए ।
औषधि नहुँदा दैनिक उपचारका लागि आउने बिरामी समस्यामा परेको शाहीले जानकारी दिए । गर्खाकोट स्वास्थ्य चौकीमा समेत औषधि नहुँदा हैरान भएको बताइएको छ ।
दैनिक स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामी खाली हात फर्कने गरेको गर्खाकोटका गोपाल गिरीले जानकारी दिए । नयाँ बजेटको अख्तियारी प्राप्त नभएकाले औषधि खरिद गर्न नसकिएको प्रमुख शाहीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण