मोडल वाचः ‘प्रेम’भन्दा ‘करियर’ प्यारो
पछिल्लो समय कलाक्षेत्रमा भविष्य खोज्ने युवतीहरुको भीड देख्न सकिन्छ । तीमध्येकी एक हुन् कविता रोय ।
गायक प्रताप दासको केही वर्ष अगाडि सार्वजनिक भएको ‘कसलाई सानु भनी बोलाउँला’ बोलको गीतबाट मोडलिङ यात्रा सुरु गरेकी कविताले अहिलेसम्म पुगनपुग दर्जन म्युजिक भिडियो अभिनय गरेकी छन् ।
सानैदेखि कलाकारितातिर रुची भएकी उनले केही पहिले फिल्म ‘झोल झाल’ सकाएकी छन्, भने अहिले ‘लक्ष्य जिन्दगी’ मा अभिनयरत छिन् । जसको सुटिङ शुक्रबारबाट सुरु भएको छ ।
कलाकारितामा परिवारको साथ र समर्थनसहित होमिएकी उनी यसलाई नै व्यवसाय बनाउने सोचका साथ लागि परेकी छिन् । उनको अर्काे सपना फेसन डिजाइनिङ पनि हो । अभिनय सँगसँगै यसलाई पनि अगाडि बढाउने सोच रहेको उनले सुनाइन् ।
हसिलो स्वभाव भएकी सप्तरीकी कविता सानैदेखि कलाकारितामा रुचि भएकोले यसैमा होमिएको बताउँछिन् । हुन त अभिनयमा करियर बनाउन अहिले जो कोहीका लागि त्यति सजिलो भने छैन । ‘कलाकारितामा करियर बनाउन सक्छु भन्ने लागेर नै म यसैमा आएकी हुँ । त्यहि अनुसार मिहिनेत गर्दैछु,’ उनले भनिन् ।
आफूलाई सिम्पल केटीको रुपमा आफूलाई बुझ्न अरुलाई अनुरोध गर्ने उनी फेसनमा पनि चुजी रहिनछिन् । ‘मलाई जुनै ड्रेस पनि सहज लाग्छ । कुर्था सुरुवालमा म क्युट र निर्दाेष देखिन्छु,’ उनले थपिन् ‘वान पिस र स्कटमा सेक्सी देखिन्छु ।’
मिठो बोल्ने, अरूको कुरातिर ध्यान दिने, मिलनसार, सबैलाई सपोर्ट गर्ने खालको केटा आफुलाई मनपर्ने बताउने उनको अहिलेसम्म ब्याइफ्रेन्ड छैन रे । भनिन् ‘मेरो यो समय करियर बनाउने हो । त्यसैले प्रेमतिर ध्यान दिइन ।’
तस्बिर : सुनिल राजभण्डारी















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण