मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

फिल्म ‘मदहोश’को गीत सार्वजनिक

सोमबार, २९ भदौ २०७७, ११ : १४
सोमबार, २९ भदौ २०७७

 शंकर अधिकारी ‘घायल’को निर्देशन रहेको फिल्म ‘मदहोश’को ‘ए गगन रुक जा पवन’ सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको पहिलो प्रचार सामाग्रीको रुपमा गीत बाहिर ल्याएको हो ।
डि.एस.डिजिटल सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको गीतमा गायिका नित्या शिवा र गायक बाबुल गिरीको स्वर रहेको छ । बाबुल गिरीकै संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा कलाकार दीपेन्द्र कोइराला र प्रियंका अधिकारीको प्रेमकथा देखाउन खोजिएको छ । 

फिल्ममा राजु पौडेल, दीपेन्द्र कोइराला, प्रियंका अधिकारी, कसिस दाहाल, सन्तोष श्रेष्ठ, निलम काफ्ले लगायतको अभिनय रहेको छ । लेखन समेत निर्देशक अधिकारीकै रहेको गीतमा विक्रम कार्कीको छायाँकन, विश्वास भण्डारीको सम्पादन तथा राजु शाहको नृत्य रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप