शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गौरव र मेनुकालाई ‘गाउँघरै रमाइलो’

सोमबार, २९ भदौ २०७७, १५ : ३४
सोमबार, २९ भदौ २०७७

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधान अभिनित भिडियो ‘गाउँघरै रमाइलो’ सार्वजनिक गरिएको छ । भिडियोमा गौरव र मेनुका प्रेमिल जोडीको रुपमा प्रस्तुत भएका छन् ।  साजन राईको स्वर रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने सन्देश दिन खोजेको छ ।

रमेश कार्कीको शब्द र गायक राईकै संगीत रहेको गीतमा सञ्जिव बराइलीको म्युजिक एरेन्ज छ ।  भिडियो किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंको छायाँकन रहेको भिडियो अनिल रानाले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप