लामो दुरीका बसमा आधा संख्यामा यात्रु, भाडा ५० प्रतिशत बढ्यो
मङ्गलबार, ३० भदौ २०७७, १९ : ०१
काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गएको चैत ११ देखि सञ्चालनमा रोक लागेको लामो दुरीको सवारी विभिन्न सर्तसहित सञ्चालनमा आउने भएको हो ।
लामो दुरीको बस सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, बसमा आधा संख्यामा यात्रु राख्नुपर्ने र भाडादर ५० प्रतिशतसम्म बृद्धि गरेर लिन सक्ने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । लामो दुरीको बस सेवा सञ्चालनको मापदण्ड बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण