शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा २८ कोरोना सङ्क्रमित थपिए

मङ्गलबार, ३० भदौ २०७७, १९ : ५६
मङ्गलबार, ३० भदौ २०७७

कर्णाली । कर्णाली प्रदेशमा पुनः आज २८ सङ्क्रमित थपिएका छन् । त्यससँगै कोरोना भाइरसबाट सङक्रमित हुने सङ्ख्या कर्णालीमा दुई हजार ८६३ पुगेको छ । कर्णाली प्रदेश अस्पताल र पशुपक्षी तथा रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा २२, वीरेन्द्रनगर नगरपालिका तथा दैलेख, बझाङ, सर्लाही, बाँके र दाङका एक÷एक जना कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।

 त्यस्तै चौरजहारी नगरपालिका प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिकाका एक व्यक्तिमा सङक्रमण पुष्टि भएको महाशाखा प्रमुख शाहीले बताए । “ सङ्क्रमित हुने र निको हुनेको सङ्ख्यामा त्यति अन्तर छैन”, उनले भने । त्यसैगरी कर्णालीमा आजै कोरोना जितेर घर फर्कनेको सङ्ख्या ३९ रहेको छ । यससँगै  प्रदेशमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५७० पुगेको छ । हाल २८७ सक्रिय बिरामी रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप