अभिनेत्री उषा रजक दुर्घटनामा घाइते
काठमाडौं । अभिनेत्री उषा रजक अस्पतात भर्ना भएकी छन् । सवारी दुर्घटनामा घाइते भएकी उनलाई मंगलबार साँझ नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । बुधबार राखिएको एक म्युजिक भिडियो छायाँकनका लागि पहिरन छनौट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उनी सवार स्कूटरलाई ठक्कर दिएको हो ।
दुर्घटनापछि सामान्य उपचार गरेर घर फर्किएकी उनलाई साँझ असैह्य दुखाई भएपछि परिवारका सदस्यले अस्पताल पुर्याएका हुन् । उनको बाँया पट्टीको घुँडा र टाउकोमा चोट लागेको निर्देशक निर्देशक सुव्रत आचार्यले जानकारी दिए । ‘उषालाई बाहिरि भन्दा पनि भित्रि चोट देखिएको छ’ निर्देशक आचार्यले भने ‘ अन्य स्वास्थ्य अवस्था भने सामान्य छ ।’
उषा बुधबार आचार्यकै निर्देशन रहने एक म्युजिक भिडियो अभिनय तयारीमा थिइन् । उनको दुर्घटना भएपछि भिडियोको छायाँकन रोकिएको छ ।पूर्व मिस नेपाल समेत रहेकी उषाले फिल्म, नाटक र थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण