वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प
काठमाडौं । वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी माहामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाहेकका अरु आयोजनामा काम अघि बढेको छैन ।
निर्माणाधीन योजनासँगै निर्माण शुरु गर्ने भनिएका आयोजनासमेत अहिले निर्माण शुरु हुने अवस्थामा छैनन् । बुटवल–पोखरा सडक विस्तार, नागढुङ्गा मुग्लिन सडक र सोही स्थानमा त्रिशूली पारिपट्टि बनाइँदै गरेको सडक, गल्छी–त्रिशूली– मैलुङ–स्याफ्रुबेंशी सडकलगायतका आयोजनमा यसको प्रभाव देखिएको छ । यीमध्ये कतिपयमा निर्माण ठप्प र कतिपय कछुवा गतिमा अघि बढेको सडक विभागका सहायकता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
उनले भने, “सबै योजनामा यथास्थितिमा नै निर्माण ठप्प छ ।” काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न योजनामा वैदेशिक लगानी सुनिश्चित भए पनि कोभिड–१९ कै कारण अघि बढ्न नसकेको पाइन्छ ।” चक्रपथको पहिलो चरणका रुपमा कोटेश्वर–कलङ्की सडक निर्माण गरेको चीन सरकारले दोस्रो खण्डको पनि विस्तार गर्ने जनाएको थियो । निर्माणस्थल खाली भइसके पनि चिनियाँ टोली आइसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटी र नयाँ बानेश्वर चोकमा फ्लाई ओभर निर्माण गर्ने गरी छलफल भएको थियो ।
विगतका वर्षदेखि नै जाइकाले सो स्थानमा ‘फ्लाई ओभर’ निर्माण गर्न चाहेको थियो । तत्काल कुनै पनि योजना अघि बढ्ने अवस्था नभएको प्रमुख थापाले बताए । उनले भने, “अवस्था सामान्य नहुँदासम्म उनीहरु आएर काम शुरु गर्ने देखिँदैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण