गायक अमृत गुरुङले भने, ‘यो स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भए ।
विद्युत् प्राधिकरणबाट कुलमान बिदा भएको कुरा धेरैलाई चित्त बुझेको छैन । उनको पुनर्नियुक्तिका लागि सर्वासाधारणदेखि कलाकारसमेतले अभियान नै चलाए । कुलमान घिसिङको पक्षमा माइतीघरमा प्रदर्शनसमेत भइरहेको छ ।
यस्तै गायक अमृत गुरुङलाई पनि कुलमानको बिदाइले खिन्न बनाएको छ । उनले सो कुरा आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
बुधबार अपरान्ह अमृत गुरुङले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘अस्ति कुलमान फेरि नियुक्त हुने समाचारले खुसी भएको थिएँ, अहिले कुलमानको बिदाई समाचारले खिन्न भएँ । म उनलाई चिन्दिनँ, मैले उनको काम चिनेको हुँ । राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्र्याको शिकार हुने परिपाी सुरु भएको हो भने अब त्यो पनि भन्न भएन । स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार ।’
उनले लेखेको पोस्टमा आधा घण्टा नबित्दै ३१ सय बढीले रियाक्ट गरेका छन् भने ५१ जनाले कमेन्ट गरेका छन् । यस्तै १ सय ३० बढीले सेयर पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण