ओलीलाई मोदीको जवाफ–‘सम्बन्ध थप बलियो बनाउँछौं’
काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप बलियो सुदृढ बनाउने जनाएका छन् । प्रधानमन्त्री केपी शर्माओलीलाई सम्बोधन गर्दै ट्वीटरमा उनले लेखेका छन्, ‘धन्यवाद्, केपी शर्माओलीजी, हामी नेपाल–भारत सम्बन्धलाई हाम्रो साझा संस्कृति र इतिहासमा आधारित रहेर थप सुदुढ बनाउनेबारे सोच्दैछौं ।’
यसअघि प्रधानमन्त्री ओलीले मोदीलाई ट्वीटमारर्फत जन्मदिनको शुभकामना दिदैं दुई देशबीच सम्बन्ध सुदृढ बनाउनेगरी नजिक भएर काम गर्ने बताएका थिए । ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई जन्मदिनको शुभकामना । म तपाईको स्वास्थलाभ र खुसीको कामना गर्दछु । दुई देशबीचको सम्बन्ध बलियो बनाउन हामी निकट भएर निरन्तर काम गर्नेछौं,’ ट्वीटमा ओलीले लेखेका थिए ।
आज भारतीय प्रधानमन्त्री मोदीको ७१ औं जन्मदिन हो । १९५० मा गुजरातमा उनको जन्म भएको थियो । ८ वर्षको उमेरदेखि नै भारतको हिन्दुवादी संगठन (आरएसएस) राष्ट्रिय स्वयंम्सेवक संघमा आबद्ध मोदी १९८५ मा संगठनकै निर्देशनमा भारतीय जनता पार्टी (भाजपा) को जिम्मेवारीमा खटिएका थिए । २००१ मा भाजपाको महासचिव हुनअघि उनले विभिन्न जिम्मेवारी निभाए ।
२००१ मा मोदी गुजरातको मुख्यमन्त्री बने । त्यसपछि उनले २०१४ सम्म यो जिम्मेवारी निर्वाह गरे । २०१४ को लोकसभा निर्वाचनमा भाजपाले बहुमत ल्याएपछि मोदी पहिलो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका थिए । २०१९ मा भएको निर्वाचनबाट उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका छन् । आधुनिक भारतका शक्तिशाली व्यक्तिहरुमध्ये मोदी एक मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण