नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
शुक्रबार, ०२ असोज २०७७, ०९ : ४४
नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको उनले जानकारी दिए ।
पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ । पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारीवादी विदेश नीतिबारे बहस
-
नर्वेका राजदूत र उपराष्ट्रपति यादवबिच भेटवार्ता
-
मन्त्रिपरिषद्को निर्णय : एरिकादेखि क्रिकेट टोलीसम्मले कति पाउँछन् रकम ?
-
चौधरी ग्रुपले गर्यो भारतको ताज ग्रुपसँग साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात
-
सदस्य सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबिच भेट
-
अपर तामाकोसीको पीपीए पुनरावलोकन हुने