डब्ल्यूटीओ प्रमुखको दौडमा पाँचमध्ये तीन महिला प्रतिस्पर्धी
एजेन्सी । विश्व व्यापार संगठनको नेतृत्व लिनको लागि भाग लिइरहेका पाँच उम्मेद्वारहरुमध्ये तीन महिला (दुई अफ्रिकी र एक दक्षिण कोरियाली) छनोट गरिएको कूटनीतिक स्रोतले शुक्रबार एएफपीलाई बताएको छ । अन्तर्राष्ट्रिय व्यापार संगठनले अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन । यो संगठनमा अहिलेसम्म अफ्रिकी व्यक्तिले नेतृत्व पनि गरेको पाइदैन ।
रोबेर्टो अजेवेदोको स्थानमा हुन लागेको निर्वाचनमा आकांक्षी देखिएका आठ उम्मेदवारमध्ये शुक्रबार पाँचको नाम आगामी प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । अजेवेदोको कार्यकाल सन् २०२१ सम्म रहेको भए तापनि उनले गत महिना पदबाट राजिनामा दिएपछि नयाँ नेतृत्वका लागि छनोट प्रक्रिया अघि बढेको छ ।
केन्याकी महिला उम्मेदवार अमीना मोहम्मद, नाइजेरियाको नोगोजी ओकोन्जो–इवैला र दक्षिण कोरियाकी यू म्युङ–हीसहित बेलायतका लियम फक्स र साउदी अरबका मोहम्मद अल–तुवाइजरी प्रतिस्पर्धाका लागि छनोट भएका भएका उम्मेदवारहरू हुन् । पछिल्ला केही दिनमा डब्ल्यूटीओको भिडियो कन्फरेन्समार्फत् गरिएको परामर्शपछि उम्मेदवारहरूलाई सानो समूहमा सङ्कुचित पारिएको हो ।
उम्मेदवारीबाट बाहिरिएका तीनमध्ये जेसस सैयद कुरी (मेक्सिको), टुडोर युलियानोभस्की (मोलदोभा), अब्देल हमिद माम्दो (इजिप्ट) रहेका छन् । डब्लुटीओको विधानले नेतृत्वको लागि क्षेत्रगतरूपमा जिम्मेवारीको चक्रीय स्वरूपलाई आवश्यक मानेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण