सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुग्यो
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको छ । शुक्रबार विभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको हो ।
सकृय संक्रमितमा अछाम ६६, बैतडी ६५, बझाङ्ग ५९, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला ९, डोटी ११९, कैलाली ४३०, र कंचनपुर ५१ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ६, अछाम १५, बैतडी २, बझाङ्ग १ र डोटीमा १ जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलार्ई जानकारी दिए ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । अछाम १, बझाङ्ग २, बाजुरा २ र कैलालीमा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए ।
योसंगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ७२४ पुगेको छ । बिभिन्न अस्पतालबाट थप १० जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ७२४ पुगेको उनले बताए ।
त्यसैगरी बिभिन्न अस्पतालहरुमा ५१ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा १५, टिकापुर ४, महाकाली १७, अछाम १०, डोटी २ र डडेल्धुरामा ३ जनाको उपचार भईरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन् ।
प्रदेशका ९ वटै जिल्लामा ९९ आइृसोलेसन सेन्टरमा २ हजार ५६४ बेडहरु छन । सो बेडमा २ सय ५९ पुरुष र १ सय ७ म्हिला र होम आईसोलेसनमा २ सय ४९ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीको भनाई छ ।
७५ हजार ८३० नमुना जाच मध्य ६ हजार ५५३ जनामा संक्रमण फेला परेको छ भने ६९ हजार २७७ नमुना भने नेगेटिभ आएको छ । अझै १ हजार ५३१ नमुनाको रिजल्ट आउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण