जुम्लाका दुई डाक्टर विभूषित
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत दुई जना चिकित्सक प्रबल जनसेवा श्रीबाट विभूषित भएका छन् ।
प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मंगल रावल र चिकित्सक धिरज गुरुङ संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलव्धमा राष्ट्रपतिमार्फत प्रबल जनसेवा श्रीबाट विभूषित भएका हुन् । लामो समयदेखि प्रतिष्ठानमा कार्यरत चिकित्सकद्वयले कर्णालीका बिरामीहरुलाई सेवा गर्दै आएका छन् भने पछिल्लो सयममा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा उनीहरुको महत्त्वपूर्ण भूमिका रहेको छ ।
विभूषित चिकित्सक रावलले यस्ता किसिमका सम्मान तथा विभूषितले काम गर्ने मान्छेलाई अझै उर्जा मिलेको बताए ।
उनले भने, ‘आफ्नो कामको क्रियाशीलतामा निखार ल्याउने र अझै काम गर्नु पर्दछ । यसले झन देश, जनताको सेवाप्रति उत्साहित बनाएको छ ।’ त्यसैगरी चन्दननाथ नगरपालिका– १ जुम्लाका भाषाविद् रमानन्द आचार्य पनि प्रवल जनसेवा श्रीबाट विभूषित भएका छन् । एक दशक लामो समयदेखि जुम्ली खसको शब्दकोष तयार गर्दै आएका आचार्य संविधान दिवसमा राष्ट्रपतिमार्फत विभूषित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण