दैलेखमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु
आइतबार, ०४ असोज २०७७, २२ : १६
दैलेख । नौमूले गाउँपालिका वडा नं १ स्थित मालुभीरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक कविराम पुरीको घटनास्थलमै मृत्यु भएको छ । नौमूले सडक निर्माणका लागि प्रयोग गरिएको ना ७ त १२१६ नम्बरको ट्रयाक्टर अपराह्न ३ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले बताए ।
सहचालक नौमूले गाउँपालिकाका नन्द बस्नेत घाइते भएका छन् । उनको उपचार नौमूले स्वास्थ्य केन्द्रमा भइरहेको छ । ढुङ्गा ओसारपसार गरिरहेको ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खसेको थियो । दुल्लू नगरपालिका– ९ धामीगाउँका पुरीको शव परीक्षणका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख ल्याउने तयारी भएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण