कर्णालीमा ५२ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा
सुर्खेत । कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय सङ्क्रमितमध्ये २३७ जना अर्थात ५२ प्रतिशत सङ्क्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ ।
महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय सङ्क्रमितमध्ये २१५ जना विभिन्न अस्पताल र स्थानीय तहद्वारा सञ्चालित आइसोलेशनमा बसेका छन् । सुर्खेतमा मात्रै २७३ जना मध्ये १६९ जना सक्रिय सङ्क्रमित घरमै रहेको पाइएको हो । यो ६२ प्रतिशत हुन आउँछ । सरकारले लक्षण नदेखिएका सङ्क्रमितलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न निर्देशन दिएपछि यो सङ्ख्या बढेको हो ।
अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा हेरचाहको कमी , पर्याप्त सेवा सुविधा नहुने हुँदा अधिकांश सङ्क्रमित घर तथा होटलमा बस्न चाहेको बताइएको छ । चिकित्सकहरु सङ्क्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राख्ने र आफैँ पनि अनुशासित भएर बसेमा होम आइसोलेशन सुरक्षित हुने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण