प्रधानमन्त्री ओलीद्वारा शेर्पाप्रति श्रद्धाञ्जलि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
“विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङरिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ”, प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन् ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पर्यटनमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हिमचितुवा’ शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार व्यक्ति युएईबाट पक्राउ
-
सरकारले किन फिर्ता लियो राजनीतिक दलसम्बन्धी विधेयक ?
-
बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
संसद् भवन प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ (तस्बिरहरू)
-
ऐश्वर्या रायका कान्स लूक (तस्बिरहरू)