सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ
इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो ।
फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो ।
दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ ।
उक्त मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण