कर्णाली प्रदेशका सत्तारुढ सांसद कँडेलले विपक्षी दलको नेताको सुविधा नलिने
कर्णाली प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कँडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा–सुविधा फिर्ता गरेका छन् । उनले प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा–सुविधा फिर्ता गर्दै प्रदेशसभा सदस्यको हैसियतले पाउने सुविधा मात्र उपलब्ध गराउन माग गरे ।
“प्रदेश सरकारको २०७५ असार १६ गतेको निर्णय अनुसार सेवा–सुविधा लिइरहेकामा आर्थिक वर्ष २०७७ साउनदेखि प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार मात्र सेवा–सुविधा उपलब्ध गराउन अनुरोध गर्दछु,” प्रदेशसभा सचिवालयमा कँडेलले दर्ता गराएको पत्रमा उल्लेख छ ।
प्रदेश सरकारले पूर्व सङ्घीय मन्त्रीसमेत रहेका कँडेललाई विपक्षी दलको नेता सरहको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । महालेखा परीक्षकको प्रतिवेदनले प्रदेशसभा सदस्य कँडेललाई कानुन विपरीत सेवा सुविधा दिएको ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण