१६ फरार प्रतिवादी पक्राउ
बिहीबार, ०८ असोज २०७७, २० : ०६
कर्णाली प्रदेश प्रहरी कार्यालयले १६ फरार प्रतिवादी पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सार्वजनिक अपराधका सात, खोटाचलन, बहुविवाह, अंश मुद्धाका एक÷एक र चेक अनादरका तीन जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय दैलेखबाट कर्तव्य ज्यान मुद्धाका एक र जबरजस्ती करणी मुद्धाका एक जनालाई पक्राउ गरिएको उनले बताए । प्रवक्ता बाँस्तोलाका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाबाट पनि एक जना सार्वजनिक मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
“अदालतको फैसला कार्यान्वयनका क्रममा फरार अभियुक्तलाई फक्राउ गरी सम्बन्धित अदालतसमक्ष पेश गरिएको छ,” उनले भने, “यो अभियान निर्वाध अगाडि बढेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण