कोरोनाका कारण भारतमा एकै दिनमा १,१४१ जनाको मृत्यु
नयाँदिल्ली । भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ५८ लाखभन्दा बढी पुगेको अधिकारीहरुले बताएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म ५८ लाख १८ हजार ५७१ जना सङ्क्रमित भएका हुन् ।
कुल सङ्क्रमितमध्ये अहिले नौ लाख ७० हजार ११६ जना मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित भएका मध्ये ४७ लाख ५६ हजार १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने ९२ हजार २९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । भारतमा अहिलेसम्म छ करोड ८९ लाख २८ हजार ४४० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिक्मतकुमार कार्कीको नियति : जसलाई बनाए उसैलाई हटाए
-
विवादकै बिच शिक्षक महासङ्घको नेतृत्व चयन, अध्यक्षमा सुवेदी
-
नारीवादी विदेश नीतिबारे बहस
-
नर्वेका राजदूत र उपराष्ट्रपति यादवबिच भेटवार्ता
-
मन्त्रिपरिषद्को निर्णय : एरिकादेखि क्रिकेट टोलीसम्मले कति पाउँछन् रकम ?
-
चौधरी ग्रुपले गर्यो भारतको ताज ग्रुपसँग साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात