रारा जाने छोटो सडक निर्माण
खलङ्गा । खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हुँदै राराताल जाने गर्दथे । पछिल्लो समयमा खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । खलङ्गा बजारबाट पातारासी गाउँपालिको उर्थु, पटमारा हुँदै कनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले हुँदै राराताल जानेको लर्को लाग्ने गरेको छ ।
नाग्म गमगडी सडकभन्दा यो सडक झण्डै तीन घण्टा छिटो पुगिन्छ । कर्णाली प्रदेश सरकारबाट खलङ्गा बजारबाट रारा सडकको स्तरोन्नती भएकोले यात्रा गर्न सहज हुने गरेको हो । यो समयमा दैनिक दुई तीन गाडी पर्यटक ओहोरदोहार गर्छन् । कोरोना कहरले पर्यटक घटेका छन् । पातारासी गाउँपालिकाका जयबहादुर बुढा अहिले रारायात्राको लागि सहज भएको जानकारी दिए ।
उनले भने, “यो सडकबाट यात्रा गर्दा पाटनमा पर्यटकले रमाउन पाउँछन् । विभिन्न जडिबुटी, फुलसँग रमाउँछन् । यहाँका पाखापखेरामा पाल हालेर पर्यटक बस्छन् । निकै रमाइलो हुन्छ ।” खलङ्गा पुगेर छोटो सडक हुँदै रारा पुगेर सिँजा हुँदै नाग्मगमगडी सडकबाट फर्कने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण