बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निजी अस्पतालमा कार्यरत चिकित्सकको सरकारलाई कडा चेतावनी

आइतबार, ११ असोज २०७७, १८ : ५०
आइतबार, ११ असोज २०७७

भक्तपुर । सरकारले हालै सार्वजनिक गरेको चिकित्सा सेवा नियमावली र एकीकृत परीक्षाको सूचनाका केही बुँदामा नीजि अस्पतालमा कार्यरत चिकित्सकहरुले आपत्ति जनाएका छन् ।  आइतबार भक्तपुरको सानोठिमीस्थित चिकित्सा सेवा आयोगमा धर्ना दिदैं उनीहरुले केही बुदाँहरु पुनरावलोकन र परिमार्जन गर्न माग गरेका छन् ।

उनीहरुले सिट बाडँफाँडको विषयलाई मुख्य विषय बनाएका हुन् । खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र म्याचिङको अस्पष्ट व्यवस्थाले चिकित्सा शिक्षा र विभेदकारी र अन्यायपूर्ण भएको उनीहरुको भनाई छ । 

विभेदकारी बुँदाले देशका कूल चिकित्सकहरुको ९० प्रतिशत ओगटे गैरसरकरी र विभिन्न भूगोलमा अधिकतम रुपमा सेवा दिइरहेको करारका चिकित्सकहरुको वृत्ति विकासमा आँच आउने आन्दोलनमा सहभागीहरुले बताएका छन् । करिव दुई महिना अगाडी आएको नियमावलीले २३ हजार ५ सय गैरसरकारी चिकित्सलाई विभेद गरेको आन्दोलनरत डाक्टर अच्युत खनालको आरोप छ । 

‘चिकित्सा शिक्षा आयोगले बदनियत पूर्वक विभिन्न शक्तिकेन्द्रहरुको आडमा सुधारको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका चिकित्सकहरुमाथि प्रहरी लगाएर दमन गरेको छ,’ डाक्टर खनालले भने ।   शान्तिपूर्ण धर्नाबाट माग पुरा नभए कडा आन्दोलनमा उत्रिने समेत उनीहरुले चिकित्सा शिक्षा आयोग र सरकारलाई चेतावनी दिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप