पाल्पामा पहिरोले पुरिएर एक जनाको मृत्यु, रुपन्देहीमा महिलाको शव फेला
बुटवल । पाल्पमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका ३ शिखरडाँडा बस्ने वर्ष ३३ का राजकुमार थापामगरको पहिरोमा पुरिएको अवस्थामा आज शव फेला परेको हो । उनी घरदेखि पश्चिमतर्फ रहेको जंगलमा दाउरा लिन जाँदा पहिरोमा पुरिएर हराएका थिए ।
सोही सूचनाको आधारमा स्थानीय नागरिक, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलद्वारा खोजतलास गर्दै आएको थियो । उनलाई आज मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यता,रुपन्देही देवदहमा एक महिलाको शव फेला परेको छ । देवदह नगरपालिको नपा १२ कनपरास्थित रोहिणी खोला किनारको बगरमा अन्दाजी ५० वर्षकी महिलाको शव फेला परेको हो । आज दिउँसो फेला परेको शवको विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले थप अनुसन्धान गरिहेको जनाएको छ । शवको पोष्टमार्टन गर्न भीम अस्पताल भैरहवा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण