ला लिगामा बार्सिलोनाको विजयी शुरुवात
नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४–० ले पराजित गर्न सफल रह्यो ।
खेलमा अन्सु फाती नायक रहे । उनले बार्सिलोनाको शुरुवाती दुई गरे । उनले बार्सिलोनका लागि पेनाल्टी पनि जिते जसलाई कप्तान लियोनेल मेस्सीले गोलमा परिणत गरे । पहिलो हाफको अन्त्यमा मेस्सीको क्रसलाई पाउ टोरेसले आफ्नै पोष्टमा छिराउँदै आत्मघाती गोल गरे ।
मेस्सी १७ ला लिगाको सिजनमा गोल गर्ने छैटौँ खेलाडी बनेका छन् । शनिबार मात्र रियल म्याड्रिडका कप्तान सर्जियो रामोशले पनि उक्त उपलब्धि हासिल गरेका थिए ।
अन्य खेलमा लेभान्तेले ओसासुनालाई ३–१ ले हरायो भने एथ्लेटिक बिल्बाओले इबारलाई २–१ ले पराजित गर्यो । सेभियाले काडिजमाथि ३–१ को जीत हासिल गर्दा सेल्टाभिगो र रियल भालाडोलिडले बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण