ला लिगामा बार्सिलोनाको विजयी शुरुवात
नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४–० ले पराजित गर्न सफल रह्यो ।
खेलमा अन्सु फाती नायक रहे । उनले बार्सिलोनाको शुरुवाती दुई गरे । उनले बार्सिलोनका लागि पेनाल्टी पनि जिते जसलाई कप्तान लियोनेल मेस्सीले गोलमा परिणत गरे । पहिलो हाफको अन्त्यमा मेस्सीको क्रसलाई पाउ टोरेसले आफ्नै पोष्टमा छिराउँदै आत्मघाती गोल गरे ।
मेस्सी १७ ला लिगाको सिजनमा गोल गर्ने छैटौँ खेलाडी बनेका छन् । शनिबार मात्र रियल म्याड्रिडका कप्तान सर्जियो रामोशले पनि उक्त उपलब्धि हासिल गरेका थिए ।
अन्य खेलमा लेभान्तेले ओसासुनालाई ३–१ ले हरायो भने एथ्लेटिक बिल्बाओले इबारलाई २–१ ले पराजित गर्यो । सेभियाले काडिजमाथि ३–१ को जीत हासिल गर्दा सेल्टाभिगो र रियल भालाडोलिडले बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ
-
गण्डकी सरकारले फेर्यो अघिल्लो सरकारको पञ्चवर्षीय योजनको आधार पत्र
-
हाम्रो माग पूरा नभए बजेटमा पनि प्रतिरोध हुन्छ : रमेश लेखक
-
फेरि बढ्यो सेयर बजार, दुई दिनमा ७२ अंकको वृद्धि
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सभामुख रबर स्ट्याम्प बने : कांग्रेस महामन्त्री शर्मा