कांग्रेसमा दौडधुपः पौडेल पक्ष मोर्चाबन्दीमा, सिटौला मिलाउँदै
काठमाडौं – नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ ।
कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू विधानविपरीत पार्टीभित्र हरेक निर्णयमा मनोमानी गरेको भन्दै सभापति देउवालाई गलाउने रणनीतिसहित अघि बढेका हुन् । सो समूहले आजसोमबार आफू पक्षीय केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउँदै छ ।
तर, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला भने पार्टीको आन्तरिक द्वन्द्वलाई बढाउने पक्षमा छैनन् । लामो समय गृह जिल्ला झापा बसेर फर्किएका सिटौलाले शनिबार राजधानी फर्किएलगत्तैबाट सभापति र वरिष्ठ नेतासहित पदाधिकारीसँगको भेटलाई अघि बढाएका छन् ।
सो क्रममा शनिबार नै सिटौलाले सभापति देउवालाई भेटेर महाधिवेशनबारे तत्काल निर्णय गर्न र प्रस्ट पार्न सभापतिलाई आग्रह गरेका छन् ।
यस्तै, आइतबार बिहान वरिष्ठ नेता पौडेललाई भेटेका सिटौलाले सभापतिविरुद्धको मोर्चाबन्दीको प्रस्तावलाई भने अस्वीकार गरेका छन् । सिटौलाले सभापतिविरुद्ध कुनै काम गर्नै परे आफ्नै समूहले गर्ने भन्दै अहिले महाधिवेशन प्रभावित हुनेगरी कतैबाट पनि गतिविधि हुन नहुने भन्दै पौडेलको प्रस्ताव अस्वीकार गरेको उनी निकट नेता बताउँछन् । भेटमा सिटौलाले पार्टीभित्रका बेथितिबारे केन्द्रीय समितिबाटै निकास खोज्नसमेत पौडेललाई सुझाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण