कर्णालीमा २२ फरार प्रतिवादी पक्राउ
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत् २२ जना फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रहरीले आइतबार १६ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए ।
पक्राउ परेकाहरु मध्ये जिप्रकामा वन मुद्दाका दुई, जिप्रका दैलेखमा गाली बेईज्जतीका आठ, मुगुमा धनमाल मुद्दाका एक र जिप्रका कालीकोटमा कर्तव्य ज्यानका तीन र जुवाको एक फरार प्रतिवादी रहेको उहाँले बताउनुभयो । प्रदेश प्रहरी कार्यालय अन्तर्गत यही असोज १०मा प्रहरीले छ फरार अभियुक्तलाई पक्राउ गरेको थियो ।
तीमध्ये जिप्रका कालीकोटबाट जबरजस्ती करणीका एक र गाली बेइज्जतीका दुई, जिप्रका जाजरकोटबाट हुलाक ऐन सम्बन्धी र जबरजस्ती करणी उद्योगअन्तर्गत एक÷एक रहेका छन् । अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै प्रतिवादीहरुलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण