रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, जंगलमा शव फेला
बुधबार, १४ असोज २०७७, १३ : २५
काठमाडौं । रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान घाँस काट्न जाँदा बेपत्ता भएका २६ वर्षीय संगमको शव रंगपुर साझेदारी वनमा फेला परेको रौतहटका प्रहरी उपरिक्षक (एसपी) सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए ।
कम्मरभन्दा तलको भाग बाघले खाएर छाडेको अवस्थामा बुधवार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको शव फेला पारेका हुन् । घाँस काट्न गएका संगम नफर्केपछि खोज्न जाँदा मंगलबार साँझ चन्द्रपुर–६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षका प्रविण श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते उनिहरुको चन्द्रपुर अस्पतालमा उपचार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण