‘आप्पा’ निर्देशकको ‘हजारौं रहर’
काठमाडौं । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’ का निर्देशक अनमोल गुरुङ गायक संगीतकार पनि हुन् । उनको स्वर तथा संगीतमा केही गीत बाहिर आइसकेका छन् । यी नै निर्देशक गुरुङको अहिले नयाँ गीत सार्वजनिक भएको छ । ‘हजारौं रहर’ बोलको गीतमा उनकै शब्द, संगीत तथा स्वर रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । कालिङपोङ क्षेत्रका मनोरम दृश्य समेटिएको भिडियोमा गायक गुरुङ नै देखिएका छन् । उनलाई मोडल रिया भुजेलले भिडियो अभिनयमा साथ दिएकी छन् । भिडियोका निर्देशन पनि उनी आफैंले गरेका हुन् ।
कालिङपोङमा जन्मे हुर्केका गुरुङको निर्देशन रहेको नेपाली फिल्म ‘आप्पा’ गत बर्ष प्रदर्शनमा आएको थियो । बक्स अफिसमा राम्रो ब्यवसाय गर्न असफल फिल्मको समिक्षकले भने तारिफ गरेका थिए । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्मले बुबा र छोरा बीचको भावनात्मक सम्बन्ध देखाउन खोजेको थियो । फिल्मभित्र रहेको ‘साँझ परेपछि’ बोलको गीत भने सबैले मन पराएका थिए । उक्त गीतमा शब्द तथा संगीत पनि उनले नै दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण