बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङका बाढी पहिरो पीडितलाई प्रभु बैंकको ५ लाख सहयोग

बिहीबार, १५ असोज २०७७, १८ : ३५
बिहीबार, १५ असोज २०७७

काठमाडौं । बागलङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकालाई प्रभु बैंकले पाँच लाख सहयोग प्रदान गरेको छ । 

बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं. ७, ८ र ९ को निरिक्षणपछि प्रभु बैंकका सिइओ अशोक शेरचनले नगरपालिकालाई वाढी पीडित उद्वार कोषमा रहने गरि पाँच लाख सहयोग प्रदान गरेका हुन् । 

बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरु¨ र भौतिक योजनामन्त्री रामशरण बस्नेतबाट पनि बिशेष निरिक्षण भएको छ । 

सो अवसरमा मन्त्री द्वयले बाढी प्रभावित स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउ“हरुमा केन्द्रिय विद्युत प्रसारण लाइनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिएका छन् ।

करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन । 

बुर्तिबाङमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राखेका थिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप