नेपालमा कोरोना सङ्क्रमण बढ्यो
शुक्रबार, १६ असोज २०७७, ०६ : ३३
काठमाडौँ – नेपालमा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । बिहीबार मात्र नेपालमा एक हजार ९११ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । बुधबार एक हजार ५५९ जना सङ्क्रमित भएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ९११ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
यस्तै काठमाडौँ उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण