अक्सफोर्डको भ्याक्सिन समीक्षाका लागि तयार
अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका मिलेर विकसित गरिरहेका कोभिड–१९ को भ्याक्सिन कोविशिल्ड चाँडै नै समीक्षाका लागि तयार हुने बताइएको छ । युरोपेली समीक्षकले एक–दुई हप्तामा यो भ्याक्सिनको द्रूत समीक्षा सुरु गर्ने सम्भावना छ ।
– ब्लूमबर्गको एक रिपोर्टमा यो मामिलासँग जोडिएका एक व्यक्तिलाई उद्धृत गर्दै कोविशिल्ड यूरोपमा नियामक स्विकृति लिने पहिलो भ्याक्सिन हुनसक्ने बताइएको छ । युरोपेली मेडिसिन एजेन्सीले एक दुई हप्ताभित्र यसको ‘रोलिङ रिभ्यू’ सुरु गर्नसक्ने सम्भावना व्यक्त गरिएको छ ।
– अहिले कोविशिल्डमाथि जुन तरिका अपनाइएको छ, त्यो आपतकालीन अवस्थामा अपनाइने गरिन्छ । विशेषगरी, कोभिड–१९ महामारको प्रकोपलाई मध्यनजर गर्दै यो आवश्यकता भएको छ । समीक्षा भएलगत्तै चाँडोभन्दा चाँडो कोविशिल्डले नियामक स्विकृति पाउने सम्भावना रहेको छ ।
कोविशिल्डको तेस्रो चरणको ट्रायल सेप्टेम्बर ६ मा एक व्यक्तिको स्वास्थ्यमा गडबडी देखिएपछि बेलायतमा बन्द गरिएको थियो । यद्यपि, परीक्षणपछि सेप्टेम्बर १२ मा बेलायतमा पुनः ट्रायल्स सुरु भयो । बेलायत, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा पनि यो भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण