मोडल वाच : ब्युटिफुल प्रनिमा (फोटो)
काठमाडौं । पछिल्लो समय मोडलिङमा भविष्य खोज्दै कलाक्षेत्र रोज्ने युवायुवतीको भिड लागेको छ । ती मध्यकी एक हुन् प्रनिमा दाहाल ।
सौन्दर्य प्रतियोगिता हुँदै कलाक्षेत्रमा प्रवेश गरेकी दाहालको पाइला अहिले मोडलिङबाट फिल्मसम्म पुगेको छ । करिव एक बर्ष अगाडि ‘माइ लव’ बोलको गीतको म्युजिक भिडियोबाट मोडलिङ सुरु गरेकी उनले अहिलेसम्म आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी छन् ।
साधना कलाकेन्द्रबाट नृत्य प्रशिक्षणसहित कलाक्षेत्रमा होमिएकी दाहाल नृत्यमा पनि सिपालु छिन् । हालै छायाँकन सकिएको फिल्म ‘लक्ष्य जिन्दगीको’ उनको डेब्यु फिल्म हो । पहिलो फिल्ममा नै अभिनेत्रीको भूमिका अभिनय गर्न पाउदा उनी एकदमै खुसी छन् ।
सानैदेखि सफल कलाकर र भिजे बन्ने सपना पालेकी सिन्धुली रामटारकी दाहाल उमेरले भर्खर १८ टेकेकी छन् ।
आधुनिक पहिरन रुचाउने उनी आफूलाई जुनै पहिरनमा पनि सुहाउने उनी बताउँछिन् । कलाकारितामा नाम, दाम र देशको नाम विदेशसम्म पुर्याउने उनले लक्ष्य लिएकी छन् ।
तस्विर : सुनिल राजभण्डारी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण