भेरी अस्पतालमा कोरोनाबाट युवतीको मृत्यु
शुक्रबार, १६ असोज २०७७, २२ : २०
बाँके । यहाँस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनीले गत भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन् ।
भदौ ३० गते उनीको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैदिन उनीलाई भेरी अस्पताल भर्ना गरिएको थियो । रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा समेत उनीलाई बचाउन नसकिएको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण