बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा ७ हजार ५६८ जनामा कोरोना संक्रमण

आइतबार, १८ असोज २०७७, १० : २६
आइतबार, १८ असोज २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा हालसम्म पिसिआर बिधिबाट गरिएको परिक्षणमा ७ हजार ५६८ नमुनामा कोरोना संक्रमण फेला परेको छ । 

अहिलेसम्म ८५ हजार ८३० नमुना परिक्षण गर्दा ७ हजार ५६८ नमुनामा कोरोना संक्रमण फेला परेको हो । 

७८ हजार २६२ नमुनामा भने कोरोना नेगेटिभ आएको छ । अछाम १ हजार ७९, बैतडी ४ सय २०, बझाङ्ग ४ सय ५३, डडेल्धुरा ३ सय ३८, दार्जुला ९७ , डोटी १ हजार १०२, कैलाली २ हजार ६८८ कंचनपुर ८ सय ३९ र प्रदेशका अन्य जिल्ला बर्दिया १ र धनुषामा १ मा संक्रमण फेला परेको सामाजिक बिकास मन्त्रालयले रातोपाटीलाई जानकारी दिएको छ । 

यसैगरी शनिवार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७६ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या १ हजार ५० पुगेको छ ।
 
सकृय संक्रमितमा अछाम १०८, बेतडी ३०, बझाङ्ग १११, डडेल्धुरा १३, दार्चुला २६, डोटी १३६, कैलाली ५४०, र कंचनपुर ८४ र यस प्रदेशका अन्य जिल्ला बर्दिया १ र धनुषामा १ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले बताए ।

बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ५२, कंचनपुर का २०,बझाङ्ग का १ डडेल्धुराका १ र अन्य प्रदेशमा २ जनामा संक्रमण पुस्टी भएको उनले बताए ।
 कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।  अछाम  २, बैतडी १ ,बझाङ्ग २, बाजुरा २ डडेल्धुरा १, कैलाली ९ जनाको  कोरोना संक्रमण बाट  मृत्यु भई सकेको छ ।

योसंगै  प्रदेशमा निको हुने संक्रमित संख्या पनि ६ हजार ५०१ पुगेको छ । शनिबार नै बिभिन्न अस्पताल बाट थप २७ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ६ हजार ५०१ पुगेको काक्री को भनाई छ ।

त्यसैगरी बिभिन्न अस्पतालहरुमा ९४ कोरोना संक्रमितको उपचार भईरहेको छ । 
कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा २१,टिकापुर ३४, महाकाली २५, अछाम १०, डोटी २, र डडेल्धुरामा २ जनाको उपचार भईरहेको छ ।

प्रदेशका ९ वटै जिल्लामा ९४ आइसोलेसन सेन्टरमा १ हजार ९२१ बेडहरु रहेका छन ।  ३ सय ५० पुरुष र १ सय १३  जना महिला र होम आईसोलेसनमा ४ सय १८ जना रहेको  स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप