सुदूरपश्चिममा ७ हजार ५६८ जनामा कोरोना संक्रमण
कैलाली – सुदूरपश्चिम प्रदेशमा हालसम्म पिसिआर बिधिबाट गरिएको परिक्षणमा ७ हजार ५६८ नमुनामा कोरोना संक्रमण फेला परेको छ ।
अहिलेसम्म ८५ हजार ८३० नमुना परिक्षण गर्दा ७ हजार ५६८ नमुनामा कोरोना संक्रमण फेला परेको हो ।
७८ हजार २६२ नमुनामा भने कोरोना नेगेटिभ आएको छ । अछाम १ हजार ७९, बैतडी ४ सय २०, बझाङ्ग ४ सय ५३, डडेल्धुरा ३ सय ३८, दार्जुला ९७ , डोटी १ हजार १०२, कैलाली २ हजार ६८८ कंचनपुर ८ सय ३९ र प्रदेशका अन्य जिल्ला बर्दिया १ र धनुषामा १ मा संक्रमण फेला परेको सामाजिक बिकास मन्त्रालयले रातोपाटीलाई जानकारी दिएको छ ।
यसैगरी शनिवार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७६ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या १ हजार ५० पुगेको छ ।
सकृय संक्रमितमा अछाम १०८, बेतडी ३०, बझाङ्ग १११, डडेल्धुरा १३, दार्चुला २६, डोटी १३६, कैलाली ५४०, र कंचनपुर ८४ र यस प्रदेशका अन्य जिल्ला बर्दिया १ र धनुषामा १ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले बताए ।
बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ५२, कंचनपुर का २०,बझाङ्ग का १ डडेल्धुराका १ र अन्य प्रदेशमा २ जनामा संक्रमण पुस्टी भएको उनले बताए ।
कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । अछाम २, बैतडी १ ,बझाङ्ग २, बाजुरा २ डडेल्धुरा १, कैलाली ९ जनाको कोरोना संक्रमण बाट मृत्यु भई सकेको छ ।
योसंगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि ६ हजार ५०१ पुगेको छ । शनिबार नै बिभिन्न अस्पताल बाट थप २७ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ६ हजार ५०१ पुगेको काक्री को भनाई छ ।
त्यसैगरी बिभिन्न अस्पतालहरुमा ९४ कोरोना संक्रमितको उपचार भईरहेको छ ।
कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा २१,टिकापुर ३४, महाकाली २५, अछाम १०, डोटी २, र डडेल्धुरामा २ जनाको उपचार भईरहेको छ ।
प्रदेशका ९ वटै जिल्लामा ९४ आइसोलेसन सेन्टरमा १ हजार ९२१ बेडहरु रहेका छन । ३ सय ५० पुरुष र १ सय १३ जना महिला र होम आईसोलेसनमा ४ सय १८ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण