चितवनको माडीमा करेन्ट लागेर एक पुरुषको मृत्यु
आइतबार, १८ असोज २०७७, १३ : ५४
चितवन । चितवनको माडीमा वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।
उनका अनुसार वसन्तपुरस्थित खेतमा गैँडा धपाउन बिछ्याइएको बिजुलीको नाङ्गो तारको करेन्ट महतोलाई हिँडिरहेका अवस्थामा लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण