कोरोनाबाट ५ दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, बाँकेमा २५ वर्षीया महिला र कञ्चनपुरमा २९ वर्षीया महिला रहेका छन् । यस्तै काठमाडौंमा ५५ वर्षीय पुरुष, ललितपुरमा ७७ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।
आज नेपालमा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ । १२ हजार ७ सय ८४ पीसआिर परीक्षण भएकोमा ८ सय ३० महिला र १४ सय २३ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय २९, प्रदेश नम्बर २ मा ५ सय ४१, बागमती प्रदेशमा ७ हजार ६ सय ५५ र गण्डकी प्रदेशमा ४ सय ६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ९६, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा २ सय ३५ गरी देशभरी १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५०, प्रदेश नम्बर २ मा ५ सय ५८, बागमती प्रदेशमा ७ हजार १ सय ५३ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय २, कर्णाली प्रदेशमा २ सय ८० र सुदूरपश्चिम प्रदेशमा ४ सय १८ गरी ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।
आज १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ जार ७ सय ३३, प्रदेश नम्बर २ मा १४ हजार २ सय ९१, बागमती प्रदेशमा २० हजार ४ सय ९३ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ५७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ५ सय ५५, कर्णाली प्रदेशमा ३ हजार १ सय ८५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ५५ गरी देशभरी ६४ हजार ६९ जनामा संक्रमित डिस्चार्ज भएका छन् ।
मन्त्रालयले कोभिडको संक्रमण बढीरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ, त्यही दशैं मनाउन अपिल गरे । उनले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै जरिवाना गर्नेगरी प्रस्ताव गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण