लक्ष्मी गिरी अभिनित ‘दशैँ’ गीत सार्वजनिक
सोमबार, १९ असोज २०७७, १० : ०२
काठमाडौं । वरिष्ठ कलकार लक्ष्मी गिरी अभिनित म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक भएको छ । सबैपर्दामा छुच्ची आमा र सासुको भूमिका निर्वाह गर्दै आएकी लक्ष्मीले भिडियोमा पिडित आमाको भुमिका निर्बाह गरेकी छन् ।
भिडियोमा करिब दशक अगाडि इराकमा १२ नेपालीको विभत्स हत्या गरिएको सत्यघटना विषयवस्तु बनाइएको छ । भिडियोमा लक्ष्मीको अलवा कुशेन्द्र पुरुष ढकाल, रिजन गिरी र एलिजा न्यौपाने गिरी लगायत थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ ।
अमेरिकामा रहेर नेपाली संगीतक यात्रालाई अघि बढाइरहेका गायक रिजन गिरीले यो गीत दशैँको अवसर पारेर सार्वजनिक गरेका हुन् । गीतमा उनलाई आमा गंगा गिरीले स्वरमा साथ दिएकी छिन् ।
रिजन र गंगाकै शब्द तथा संगीत रहेको गीतको भिडियो अनिल न्यौपानेले निर्देशन गरेका हुन् । भिडियो सृजन प्रजापतिको छायांकन, निश्चलजंग कार्कीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण