चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन मरे २ गैँडा
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । भारतको प्रोटोकल अनुसार मृत गैंडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएकोे सूचना अधिकारी रामले बताए ।
यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उँधोमुन्टो भई अर्को अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा फेला परेको छ । मृत गैँडाको प्रकृति हेर्दा गैंडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ ।
गैंडा पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जनाएको छ । गैंडाको खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारी रामले बताए । निकुञ्जमा चालू आर्थिक वर्षको तीन महिनामा मत्रै विभिन्न कारणबाट सात गैँडाको मृत्यु भइसकेको छ । निकुञ्जमा हाल ६०५ गैँडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण