चितवन मेडिकल कलेजमा कोरोनाबाट थप २ जनाको मृत्यु
मङ्गलबार, २० असोज २०७७, २२ : २४
चितवन । चितवनमा आज साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।
आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए । श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण