रुपन्देहीमा भैसी चराउन गएका ७० वर्षीय वृद्ध मृत फेला
बुधबार, २१ असोज २०७७, १९ : ५८
काठमाडौँ । रुपन्देहीमा पानीमा डुबेको अवस्थामा एक वृद्ध मृत फेला परेका छन् । रुपन्देही कोटईमाई गाउँपालिका–२ सक्रौनपकाडीका ७० वर्षीय लाले यादव मृत फेला परेका हुन् ।
भैसी चराउन भनी गएका यादवको शव घर नजिकैको दानव नदीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्कबहादुर खत्रीले जानकारी दिए ।
भैसी चराउन भनी घरबाट निस्केका यादव घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयले नदीमा डुबेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
घरबाट ५०० मिटर टाढा नदीमा डुबेका अवस्थामा मृत भेटिएका शव पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खत्रीले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण