‘लाज लग्दैन ? एउटी युवतीको जीवन बर्बाद गरिदियौ, रियासँग माफी माग अब’
बुधबार नायिका रिया चक्रवर्तीले जमानत पाउने बित्तिकै सोसल मिडियामा एक तप्का खुसी मात्रै भएनन् उनीहरुले हरेक त्यस्ता व्यक्तिमाथि निशाना साँधे जसले रियालाई बदनाम गर्ने कोसिस गरेका थिए । बलिउडका थुप्रै सेलिब्रिटीले पनि रिया चक्रवर्तीको जमानतमा खुसी व्यक्ति गरे तर उनीहरुलाई यो कुराको दुःख थियो कि एक निर्दोष महिलाले यत्तिका दिनसम्म जेलमा बिताउनुपर्यो ।
रियाले पाइन् जमानत, हुमाले दिइन् प्रतिक्रियाः
नायिका हुमा कुरेशीको विशेष रोष देख्न पाइयो । उनी सबैले रियासँग माफी माग्नुपर्ने चाहेकी छिन् । उनका अनुसार सुशान्त केसमा जसले पनि मर्डर थ्योरीलाई उचालेका थिए, सबै विरुद्ध कारवाही हुनुपर्छ । उनले ट्वीट गरेकी छिन्, ‘सबैले रियासँग माफी माग्नुपर्छ । कसले मर्डर थ्योरी फैलाए, यसबारे अनुसन्धान हुनुपर्छ । लाज लाग्नुपर्ने हो कि आफ्नो एजेन्डा पूरा गर्नका लागि एक युवती र परिवारको जीवन बर्बाद पारियो ।’
Everyone owes #RheaChakraborty an apology .. And there must be an investigation into people who started these murder conspiracy theories .. Shame on you for destroying a girl and her family’s life for your agendas @Tweet2Rhea
— Huma S Qureshi (@humasqureshi) October 7, 2020
सुशान्तका प्रशंसक यतिबेला हुमालाई ट्रोल गरिरहेका छन् । तर एउटा समूह यस्तो पनि छ कि उनीहरुले रियालाई निर्दोष त मानिरहेका नै छन्, उनलाई पीडित पनि बताइरहेका छन् ।
शेखर सुमन किन रिसाएका छन् ?
हुन त हुमाबाहेक तापसी पन्नू, अनुभव सिन्हाजस्ता कलाकारले पनि खुसी व्यक्त गरेका थिए । सबैले अदालतको निर्णयको स्वागत गरेका थिए र यसलाई न्यायपालिकामा विश्वास बढाउने किसिमको बताएका थिए । तर अर्कोतर्फ नायक शेखर सुमनले यो निर्णयपछि सोसल मिडियामा रिस देखाएका छन् । उनले सुरुमा त सुशान्तलाई न्याय दिलाउनका लागि अशान्त रहन आवश्यकता भएको बताएका थिए तर पनि उनले ट्वीट गरेर अब सबै समाप्त भइसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण