गोरखामा दशैं–तिहारको बेला सामूहिक कार्यक्रम गर्न नपाईने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले बडादशैं, दिपावली र छठको अवसरमा हुने शुभकामना आदानप्रदान लगायतका कार्यक्रमहरुमाथि रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले आज एक विज्ञप्ति जारी गरी जिल्लाभित्र हुने सामूहिक कार्याक्रम रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा जिल्लामा यसअघिका चाडपर्वहरुमा झै यो पटक सामुहिक कार्यक्रम नराख्न आग्रह गरिएको छ । ‘विगतका वर्षहरुमा झै विभिन्न सामाजिक संघ संस्था, स्थानीय क्लब, आमा समूह लगायतका संघ संस्थाले शुभकामना कार्यक्रम तथा खेलकुद गतिविधि गरिरहेको भन्ने जानकारी प्राप्त भएकोले विद्यमान कोरोना भाइरस कोभिड १९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै चाडपर्व लक्षित भेला कार्यक्रम गर्ने, भेला भई शुभकामना आदानप्रदान गर्ने, खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने जस्ता गतिविधिहरु नगर्नु नगराउनुहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण