मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री ज्ञवालीद्वारा दुई विद्युत्गृहको निरीक्षण

शुक्रबार, २३ असोज २०७७, १३ : ३०
शुक्रबार, २३ असोज २०७७

रसुवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  दुई विद्युत्गृहको आज स्थलगत  निरीक्षण गरेका छन्  । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले  स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे  एवं  रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युत्गृहको  अवलोकन गरेका हुन् ।

विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युत्गृहको  अवलोकन गर्दै  उत्पादनका बारेमा  नेपाल सरकारका प्रवक्ताले जानकारी लिनुभएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनले यसैगरी गल्छी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत पर्ने स्याफ्रुबेँसी,  मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गरेका थिए ।

भारी वर्षाका कारण अवरूद्व स्याफ्रु– मैलुङखण्डको राजमार्ग मङ्गलबार साँझदेखि सञ्चालनमा आएपछि  नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ । दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गर्नुभएको प्रहरी नायब उपरीक्षक  इन्द्रप्रसाद सुवेदीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप