शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीमा थप ११६ जनामा कोरोना सङ्क्रमण

शनिबार, २४ असोज २०७७, २१ : ५२
शनिबार, २४ असोज २०७७

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पिसीआर परीक्षणमा शनिबार ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । 

“कर्णालीमा कोरोना सङ्क्रमण पुष्टि हुने यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो”, उहाँले भन्नभयो, “पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको छ ।” यस भन्दा अघिका दिनहरुमा ११४ जनाभन्दा बढी सङ्क्रमितको सङ्ख्या ननाघेको उनले बताए। उनले भने, “जिल्लागत रुपमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सुर्खेतमा सबैभन्दा बढी ७९ जना रहेका छन् । त्यस्तै, दैलेखका १४, रुकुपश्चिमका चार, जुम्ला, सल्यान, कालिकोट, हुम्ला र जाजकोटका दुई÷दुई, डोल्पा र मुगुका एक÷एक र अन्य प्रदेशका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।” योसँगै प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २६८ पुगेको छ ।

जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका पाँच जनाको पोजेटिभ रिपोर्टलाई कर्णालीमा समावेश नगरिएको अधिकृत कंडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप