सरकारले उल्ट्यायो निर्णयः सार्वजनिक सवारीका सबै सिटमा यात्रु बोक्न पाइने

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरिएको निर्णय उल्ट्याँदै सो निर्णय गरेको हो । यसअघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट क्षमतामा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो ।
सो बैठकले एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । तर सोमबारको बैठकले भने सबै सिटमा यात्रु राख्न पाइने र भाडादर पुरानै कायम गर्ने निर्णय गरेको छ । दशैंमा यात्रुहरुको चाप हुने भएकोले सवारी साधनमा सामाजिक सुरक्षाको मापदण्ड अप्नाउन पनि बैठकले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
यसअघि अन्तरिक हवाई उडानमा पनि प्रावधान लागू गरिएको थियो तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
-
दक्षिण अफ्रिकी खेलाडीलाई आईपीएल सकिनुअघि नै स्वदेश फर्कन निर्देशन